Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चार महिनामै एमाले नेतृत्वको सरकार ढल्ने मेटमणिको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनामै कांग्रेस र एमाले नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै चौधरीले यस्तो दाबी गरेका हुन्।

उनले चार महिनापछि फेरि प्रचण्डकै पक्षमा परिस्थिति अनुकुल हुने दाबी गरे। सचेतक चौधरीले चार महिना धैर्यता गरे अब बन्ने सरकार फेरि टुट्ने दाबी गरे ।

सचेतक चौधरीले भने,'प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, तपाईँले कांग्रेस सभापतिलाई कति पनि दोषी नदेख्नुस्। उहाँसगको सम्बन्धलाई कायम राख्नुस्। चार महिनामै परिस्थिति अनुकुल हुन्छ। आजको मितिदेखि गनेर राख्नुस्, तपाइँकै पक्षमा परिस्थिति अनुकुल हुन्छ।'

सांसद चौधरीले फेरि संसद विघटनतिर सरकार जाने भएकाले त्यसको साथ नबन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरे।

चौधरीले अब केपी ओली प्रधानमन्त्री बन्दा फेरि पनि संसद् विघटन हुन सक्ने भन्दै साक्षी नबस्न पनि देउवासँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077