Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • ‘हाइ प्रोफाइल’हरूको फाइल खोलेको २४ घण्टामा सरकार ढालियो : गृहमन्त्री लामिछाने

    ‘हाइ प्रोफाइल’हरूको फाइल खोलेको २४ घण्टामा सरकार ढालियो : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 255
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले केही फाइल खोलेको २४ घण्टामा ढाल्ने काम भएको बताएका छन्।

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने क्रममा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।



    गृहमन्त्री लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरे ।



    गृहमन्त्री लामिछानेले सरकार के कारणले ढल्यो र कांग्रेस र एमालेबिचको सहमति के भयो भनेर ढाँट्ने काम भएको बताए ।

    संसद बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले आफूहरु चेकलिस्टसहित आएको तर कसैले त्यसलाई फेकलिस्ट भनेको गुनासो ।

    आफूहरू सन्तुष्ट नभए पनि तीन-चार महिनामा जनताको पक्षमा इमान्दार भएर काम गरेको उनको दाबी छ ।

    गृहमन्त्री लामिछानेले भने, ‘फाइल खोल्छु भनेको थिइस् खै फाइल खोलेको ? एक सांसदले भन्नुभएको थियो । फाइल खोलेको २४ घण्टा नहुँदै सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल ?’

    वर्तमान सरकार ढल्नुमा बच्चा–बच्चालाई जानकारी भएको गृहमन्त्री लामिछानेले दाबी गरे । बेचन झा र प्रतीक थापा पक्राउ परेसँगै सरकार ढालिएको गृहमन्त्री लामिछानेको दाबी छ ।

    उनले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति अदालतले पक्राउ पुर्जी जारी गरेको अभियुक्तलाई भेट्न गएर आफू तिनीहरूलाई ठिक पार्छु भनेर सांसदहरू लिएर सान्त्वना दिने ठाउँमा सुशासन भेटिन्छ भन्दै प्रश्न गरे ।

    उनले अब छानबिन समितिमा गठबन्धनको बहुमत पुगेकोले आफूलाई ठग प्रमाणित गर्न सजिलो भएकोले ठग प्रमाणित गरेर जेल हाल्न आग्रह गरे । उनले आफू जेल जान तयार रहेको र सुरुवात सत्यबाट हुने उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार