Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

आज नै पार्टी सभापति रवि लामिछानेले सदनमा सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ । संसदीय दल बैठकमा रास्वपाका मन्त्रीहरूले गरेका कामबारे समीक्षा पनि भएको थियो।

दाहाल नेतृत्वको सरकारमा रास्वपाका चार जना मन्त्री छन्। प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077