Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइयो

    चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइयो

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 558
    SHARES

    फाइल तस्विर

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ ।

    चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजे खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको हो ।



    पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन् ।



    पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्डकै कालीखोला क्षेत्रको सडक खुलाउन भने केही समय लाग्ने भएको छ । पहिरोले सडक रातिदेखि नै अवरुद्ध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार