Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सामाजिक सुरक्षा भत्ता लिन तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने

    सामाजिक सुरक्षा भत्ता लिन तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने गरी गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।



    सोसम्बन्धी जानकारी बैठकपश्चात् सञ्चारमन्त्री समेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।



    उनले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय प्ररिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय प्ररिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार