Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • दैलेखको दुल्लुमा विवाह गर्न वडाको सिफारिस अनिवार्य

    दैलेखको दुल्लुमा विवाह गर्न वडाको सिफारिस अनिवार्य

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 210
    SHARES

    फाइल तस्विर

    दैलेख । दैलेखको दुल्लु नगरपालिकाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

    दुल्लु नगरपालिका को वडा नम्बर १२ ले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको हो।



    बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने बनाएको वडा कार्यालयले जनाएको छ ।



     

    वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो ।

    असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो ।

    वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको वडा कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार