Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्यासमा दुुई थरी मूल्य कायम गर्ने निगमको तयारी

काठमाडौँ । खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेको छ । घरायसी र व्यावसायिक प्रयोजनका लागि छुुट्टाछुुट्टै मूल्य कायम गर्ने तयारी गरिएको नेपाल आयल निगमले जनाएको हो ।

निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले दुई थरी मूल्य गर्ने तयारी गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए ।उपभोक्तालाई सहुलियत दिनका लागि दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेका छौँ, उनले भने, “उपभोक्तालाई सहुलियत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको छ ।”

राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकलाई दोहोरो मूल्य कायम गरी सहुुलियत दिने तयारी गरेको निगमले जनाएको छ । पाँचतारे होटेलदेखि सडक पेटीमा चिया बिक्री गर्ने र सर्वसाधारण उपभोक्तालाई एउटै मूल्य हुँदा उपभोक्ता मारमा परेका छन् ।

हाल घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गरिएको हो । बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको छ । एलपी ग्यासमा परल मूल्य कायम गरी घरायसी प्रयोजनमा उपभोग गर्नेलाई ‘क्यास ब्याक’ गर्ने योजना रहेको निगमले जनाएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077