Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • तत्कालीन अनुसन्धान अधिकृत बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर, ५ हजार जरिबाना

    तत्कालीन अनुसन्धान अधिकृत बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर, ५ हजार जरिबाना

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ ।

    अदालतले बुधबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो । विशेषले उनलाई पाँच हजार जरिवाना गरेको छ ।



    बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कूल तहको नक्कली प्रमाणपत्र पेस गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएका थिए ।



    सोही अभियोगमा उनी दोषी ठहर भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार