Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • धनगढीमा दुई कम्पनीले कर छली गरेको खुलासा, भराइयो ३६ लाख जरिबाना

    धनगढीमा दुई कम्पनीले कर छली गरेको खुलासा, भराइयो ३६ लाख जरिबाना

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 783
    SHARES

    कैलाली । कैलालीको धनगढीमा रहेका दुईवटा कम्पनीले कर छली गरेको खुलेको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रहरी कार्यालयले गरेको अनुगमनमा आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सको कैफियत फेला परेको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी निरीक्षक गंगादत्त बडुका अनुसार दुबै कम्पनीलाई कारबाही गरिएको छ । आन्तरिक राजश्व कार्यालय धनगढीले दुबै कम्पनीलाई कारबाही गरेको हो ।



    आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेडलाई ३२ लाख ३ हजार र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई चार लाख ३९ हजार जरिबाना गरिएको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार