Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रचण्डलाई भेट्न बालुवाटार पुगे माधव र झलनाथ

    प्रचण्डलाई भेट्न बालुवाटार पुगे माधव र झलनाथ

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 522
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्।

    प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिनेबारे छलफल गर्न नेपाल र खनाल बालुवाटार गएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डसँग नेपाल र खनालको छलफल चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव समेत बालुवाटार पुगेका छन् ।



    कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

    प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत लिँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार