Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुकुल ढकालको आरोप - डीपी अर्यालले पार्टीको पैसा आफ्नो खल्तीमा राखे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीको पैसा आफ्नो खल्तीमा राखेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले पार्टीलाई आएको आर्थिक सहयोग उपाध्यक्ष अर्यालले आफ्नो खल्तीमा हाल्ने गरेको बताएका हुन् ।

ढकालले भने, ‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ । यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन ।’

उनले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।

ढकालले रवि लामिछानेको क्लवबाट मुक्त गर्दै पार्टी बनाउन सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077