Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • भिजिट भिसामा कुवेत लगेर युवतीलाई बेच्ने गिरोहका नाईके ङेमा पक्राउ

    भिजिट भिसामा कुवेत लगेर युवतीलाई बेच्ने गिरोहका नाईके ङेमा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 390
    SHARES

    काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोले भिजिट भिषामा कुवेत लगेर बिक्री गर्ने गिरोहका एक जनालाई पक्राउ गरेको छ।

    वैदेशिक रोजगारीका लागि भन्दै नेपालबाट महिलालाई खाडी मुलुक कुवेतमा लगरे बिक्री गर्ने एक जनालाई ब्यूरोले गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामा रहेका छन् ।



    लामाले वैदेशिक रोजगारीका लागि भन्दै नेपालबाट महिला खाडी मुलुक कुवेत पठाउने र कुवेतमा श्रीमतीले सम्झौताविपरीत काममा लगाउने गरेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।

    ब्यूरोका प्रमुख एसएसपी ओम रानाका अनुसार लामाले कुवेत पठाउनका लागि नक्कली कागजातसमेत बनाउने गरेका थिए ।

    ङेमाले आफ्नै श्रीमती पनि कुवेतमै रहेको राम्रो काम र मासिक ५० हजार रुपैयाँ आम्दानी हुने भन्दै प्रलोभनमा पारेर कुवेतमा महिला पठाउने गरेको ब्यूरोका एसएसपी रानाले बताए ।

    लामाले एक महिलालाई वर्किङ भिसामा क्लिनरको काम भन्दै ५ कात्तिक २०८० मा ९५ हजार रुपैयाँ लिएर ङेमाले कतार पठाएको खुलेको प्रहरीले जनाएको छ ।

    कुवेतकै एअरपोर्टमा ङेमाकी श्रीमतीले ती महिलालाई रिसिभ गरेर कुवेती नागरिकको घरमा ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको ब्यूरोका एसएसपी रानाले बताए ।

    त्यसपछि कुवेती नागरिकले बन्धक बनाई घरेलु कामदारको रुपमा राख्ने पारिश्रमिक समेत नदिने र यौन शोषण गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ ।

    ३ महिनापछि ती महिला भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी थिइन् । तर, एजेन्ट अफिसले घरबाट आफूखुसी भागेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको थियो ।

    प्रहरीमा उजुरी परेपछि उनी ३ दिन थुनामा बसेर ५७ हजार नेपाली रुपैयाँ तिरेर थुनामुक्त भएकी थिइन् । थुनामुक्तपछि दूतावासले बनाइदिएको ट्राभल डकुमेन्टबाट उनी २९ माघ २०८० मा नेपाल आएकी आएकी थिइन् ।

    त्यसपछि दिएको जाहेरीको आधारमा ङेमालाई पक्राउ गरेर मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार