Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डको दोहोरो चरित्रले सरकार विघटनको अवस्थामा पुग्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्नत्री पुष्पकमल दाहाल 'प्रचण्ड'को दोहोरो चरित्रले गर्दा सरकार विघटनको अवस्थामा पुगेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको अध्यक्ष ओलीले बताए।

अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताए।

उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको बताए ।

भ्रष्टाचार,अस्थीरतालगायत स्वार्थपेरित काम पनि देखिएको अध्यक्ष ओलीको भनाइ छ।

अध्यक्ष ओलीलेले संविधानलाई गतिशिल बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससँग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077