Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिल्यौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने काम भएपछि कांग्रेससँग मिलेको बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताए।

उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताए।

अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उनको भनाइ छ।

तर निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताए। गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार बनाउनेजस्ता सहमति भएका थिए।

अध्यक्ष ओलीले अस्थिरता देखिएकोले पनि दुई ठूला दल मिलेर सरकार बनाउन खोजिएको बताए।

संविधान समयानुकूल परिमार्जित हुँदै जानुपर्ने पनि अध्यक्ष ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077