Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रोल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    रोल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 294
    SHARES

    फाइल तस्विर

    रोल्पा । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    रोल्पाको रुन्टीगढी गाउँपालिका-६ स्यालामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।



    तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको थियो ।



    मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका-६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेका छन्।

    रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ । मिनीट्रक सडकदेखि ५०/६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएकोछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार