कास्की । पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।
पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोमा परी उनका छोरा भीमको मृत्यु भएको प्रहरीले जनाएको छ । भीमबहादुरकी आमा ५० वर्षीय कमला थापाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नेपाल प्रहरी र स्थानीयले बुधवार बिहान ७ बजे भीमको शव मृत अवस्थामा फेला पारेका हुन् । मनबहादुर भने गए राति घरमा नभएका कारण बचेका छन् ।