Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • घरमै पुगेर सिकाउँछन् नियम फुलवारी ट्राफिकका हाकिम विष्ट, बन्यो ट्राफिक व्यवस्थापन चुस्त !

    घरमै पुगेर सिकाउँछन् नियम फुलवारी ट्राफिकका हाकिम विष्ट, बन्यो ट्राफिक व्यवस्थापन चुस्त !

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 1.9K
    SHARES

    कैलाली । प्रहरी हवल्दार शिद्धराज विष्टले धनगढी उपमहानगरपालिका–१९ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीको कमाण्ड सम्हालेको एक महिना पुग्यो ।

    तर उनले त्यहाँको कमाण्ड सम्हालेको एक महिना नपुग्दै ट्राफिक व्यवस्थापनको पक्षमा विभिन्न परिवर्तन देखिएका छन् ।



    उनले अहिले त्यहाँ सवारी चालकहरूलाई ट्राफिक नियम पालना, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, सडक दुर्घटनाबाट बच्ने उपाय र चालकले सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी सम्बन्धी प्रशिक्षण तथा सचेतना दिइएको रहेका छन् ।



    निकै असल स्वभाव तथा विवादरहित हवल्दार विष्ट यसअघि लामो समयसम्म जिल्ला  ट्राफिक प्रहरी कार्यालय कैलालीमा बसेका थिए । उनी त्यहाँ कार्यरत हुँदा नयाँ नयाँ हाकिमसँग मिलेर काम गरेका थिए ।

    त्यही भएर पनि उनीसँग नयाँ नयाँ काम गर्ने जोस, जाँगर र ऊर्जा छ । उनै हवल्दार विष्टले अहिले फुलवारीमा पनि ट्राफिक प्रहरी छ भन्ने आभास दिइरहेका छन् ।

    उनी आएसँगै अहिले फुलवारी क्षेत्रमा ट्राफिक व्यवस्थापनको कामले तीव्रता लिएको छ । उनले नागरिकको घर घर पुगेर समेत ट्राफिक सम्बन्धी नियम सिकाइ रहेका छन् ।

    साथै उनी पर्चा पम्पलेट लिएर समेत सचेतना फैलाउने काममा अहिले अग्रसर छन् । उनी विद्यालयमा पुगेर पनि ट्राफिक सम्बन्धी जनचेतना फैलाइरहेका छन् ।

    यसै गरी उनले फुलवारीका समाजसेवी, महिला तथा ज्येष्ठ नागरिक, विद्यार्थी र सर्वसाधारणसँग पनि अन्तरक्रिया तथा छलफल थालेका छन् ।

    उनले सो क्षेत्रमा अभिभावकसँग ट्राफिक कार्यक्रम नै सञ्चालन गरेका छन् । यति मात्रै होइन हवल्दार विष्टले अहिले जथाभावीरुपमा हर्न बजाउने, तीव्र गतिमा सवारी चलाउने र लेन अनुशासन पालना नगर्नेलाई सडकमै रोकेर सचेत गराइरहेका छन् ।

    हाल सुरुवाती दिनमा प्रशिक्षण दिने काम भइरहेको र बिस्तारै कार्यान्वयनतर्फ अघि बढ्ने उनी बताउँछन् । उनले भने, “सडक दुर्घटनाको जोखिम कम गर्न प्रशिक्षण दिइरहेका छौँ । सुरुवाती दिनमा प्रशिक्षण दिन्छौँ, बिस्तारै कार्यान्वयनतर्फ अघि बढ्छौँ ।”

    हवल्दार विष्टले धनगढीमा कार्यरत रहेको बेला पनि ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार