अछाम । जिल्ला प्रहरी कार्यालय अछामले विभिन्न स्थानबाट हराएका सर्बसाधारणको दुई वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको छ ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न. ६ बस्ने गोर्ख खत्री र धना रावललाई मोबाइल बुझाइएको हो ।
उनीहरुले मोबाइल हराएको भन्दै खोजतलास गरी पाँउ भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
खोजतलास गर्ने क्रममा साफेँबगर नगरपालिका वडा नं. ३ बाट फेला पारी सम्बन्धित मोबाइल धनि गोर्ख खत्री र धन रावलको जिम्मा लगाइएको अछाम प्रहरीले जनाएको छ ।
Leave a Reply