Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेस प्रवक्ता महतले भने – अस्थिरता निम्त्याइरहने प्रवृत्ति प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं

    कांग्रेस प्रवक्ता महतले भने – अस्थिरता निम्त्याइरहने प्रवृत्ति प्रवृत्ति रोक्न एमालेसँग मिल्यौं

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 246
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधन गर्न दुई ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका छन्।

    मंगलबार संसद भवन परिसरमा बोल्दै प्रवक्ता महतले देशका समस्या सम्बोधनका लागि कांग्रेस र नेकपा एमाले एक भएको बताएका हुन्।



    उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठीक दिशामा नलैजाने भएकाले कांग्रेस र एमाले मिल्नुपरेको बताए।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको भन्दै महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए ।

    संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको उनको भनाइ छ ।

    उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस र एमाले मिल्नु परेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार