Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बीवाईडीका सबै गाडी आयातमाथि छानबिन अघि बढाउन खोज्दा राजश्व कै डिजी हटाउने खेल !

    बीवाईडीका सबै गाडी आयातमाथि छानबिन अघि बढाउन खोज्दा राजश्व कै डिजी हटाउने खेल !

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 888
    SHARES

    काठमाडौं । राजश्व अनुसन्धान विभागले बीवाइडी गाडी आयात गर्ने साइमेक्स इंक कम्पनीमाथि विस्तृत छानबिन अघि बढाएको छ ।

    सो कम्पनीले गाडी आयातमा गलत विवरण राखी भन्सार छल्ने गरेको र नक्कली खर्च दिएर आयकरमा समेत राज्यलाई झुक्याउने गरेको प्रारम्भिक छानबिनले देखाएको छ ।



    राजश्व अनुसन्धान विभागले कम्पनीका कागजपत्र नियन्त्रणमा लिई तीन सातादेखि छानबिन गरिरहेको छ । जस क्रममा धेरै क्षमताको गाडी कम क्षमताको भनेर झुक्याउँदै भन्सार छली हुँदै आएको खुलेको छ।



    भन्सारमा कति किलोवाटको गाडी भनेर जाँच्ने प्रविधिको अभाव रहेकाले त्यसको फाइदा उठाइ कम्पनीले ठगी गर्दै आएको विभागका एक अधिकारीले बताए ।

    यसअघि भन्सार विभागले नै गरेको आन्तरिक छानबिनमा पनि सो कम्पनीले प्रज्ञापनपत्रमा गलत विवरण राखेर ठगी गरेको पुष्टि भएको थियो । जसमा यसअघि नै भन्सार विभागले जरिवाना तिराइसकेको छ ।

    त्यतीबेला चलखेल गरेर थप छानबिन रोकाइएको थियो । १५० किलोवाटका गाडी एक सय किलोवाटको देखाएर भन्सार तिर्दा एउटैमा पाँच लाख भन्दा धेरै राजश्व छली भएको छ ।

    कम्पनीले दिएका कागजपत्रहरु समेत शंकास्पद देखिएकाले सबै गाडी आयातको विवरण मागिएको विभागले जनाएको छ ।हाल राजश्व अनुसन्धान विभागले विस्तृत छानबिन अघि बढाएपछि अहिले पनि रोकाउन चलखेल भइरहेको स्रोत बताउँछ ।

    हालका महानिर्देशक चक्रबहादुर बुढा नयाँ सरकार बनेलगत्तै हट्ने भन्दै साइमेक्सका सञ्चालकहरूले छानबिन रोकाउन दबाब दिइरहेका छन् ।

    अर्कोतर्फ एउटै गाडीमा २५ लाख रुपैयाँसम्म नाफा राखेर बिक्री गरेको छ । जसमा वाणिज्य तथा उपभोक्ता हित विभागले समेत छानबिन गरिरहेको छ ।

    नेपालमा अत्यधिक बिक्री भइरहेको चिनियाँ गाडी बीवाईडी पटक पटक कर छली प्रकरणले विवादमा फस्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार