Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कैलालीबाट विभिन्न मुद्धाका पाँचजना फरार प्रतिवादी पक्राउ

    कैलालीबाट विभिन्न मुद्धाका पाँचजना फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 246
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ४ महिना १२ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ का २६ वर्षीय रोशन सुनार, सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय रोमी साउद, लागूऔषध मुद्दामा ४ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका बर्दियाको गुलरिया नगरपालिका–९ बस्ने १९ वर्षीया मुस्कान बिक रहेका छन् ।



    यस्तै चोरी मुद्दामा १४ हजार १ सय जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रकाश बिक र जुवातास मुद्दामा ३ सय जरीवाना तोकिएको लम्कीचुहा नगरपालिका–१ का ४६ वर्षीय केसर बोगटी पक्राउ परेका हुन् ।



    अदालतबाट बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका पाँचै जनालाइ सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार