Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • स्वाथ्यकर्मीले बिरामी बोक्दा स्थानीय बने रमिते

    स्वाथ्यकर्मीले बिरामी बोक्दा स्थानीय बने रमिते

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 417
    SHARES

    प्युठान । स्वास्थ्यकर्मीको सेवा स्वास्थ्य संस्थामा वा बाहिर पनि ? उत्तर पक्कै बाहिर पनि भन्ने नै आउँछ । अनि बाहिर जाँदा स्वास्थ्य सरोकारकै अथवा अरू ?

    यसमा पनि स्वास्थ्य सरोकारकै भन्ने आउँछ तर प्युठानको मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले भने बिरामीलाई बोकेर घर लगिदिने सेवा पनि दिएका छन् ।



    यति मात्र होइन पोसाकसहितका स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरसम्म लैजाँदा बाटामा कसैले उनीहरूलाई सहयोग गरेनन्, रमिता मात्र हेरिरहे ।



    घटना विवरण अनुसार ऐरावती गाउँपालिका–६, काल्ने प्युठानकी ३० वर्षीया जीवा विक सुत्केरी व्याथाले च्यापेपछि धरमपानी स्वास्थ्य चौकी पुगिन् । उनी तीन वर्षको छोरो र आमासहित राति ८ बजे स्वास्थ्य चौकीमा पुगेकी थिइन् । उनले त्यसै राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् ।

    सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीले उनलाई घर जान सल्लाह दिए । तर पानी परिरहेकाले बाटो अवरुद्ध थियो ।

    गाडी चलेका थिएनन् । उनी आफैँ हिँडेर जान पनि सक्दिनथिन् । अनि उनलाई घरसम्म बोकेर लैजाने सहयोगी कोही पनि थिएनन् ।त्यसपछि स्वास्थ्यकर्मीले नै स्ट्रेचरमा बोकेर उहाँको घरसम्मै पु¥याइदिए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार