Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एकीकृत समाजवादीमा आन्तरिक कलह बढ्यो, ५ सांसद नयाँ भविष्यको खोजीमा

    एकीकृत समाजवादीमा आन्तरिक कलह बढ्यो, ५ सांसद नयाँ भविष्यको खोजीमा

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 3.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी ३ वर्ष नपुग्दै पार्टीभित्र आन्तरिक कलह देखिन थालेको छ । एकीकृत समाजवादीले गत साता मात्रै १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।

    पार्टीको महाधिवेशन चलिरहँदा समाजवादीका नेता प्रेमबहादुर आले भारत भ्रमणमा निस्किए । उनी महाधिवेशन सकिएपछि मात्रै नेपाल फर्किए । उनीसँगै सांसद किसनबहादुर श्रेष्ठ पनि पार्टीमा विगत दुई महिनादेखि निष्क्रियजस्तै देखिन्छन् । नेता आले र श्रेष्ठसँग अहिले ५ जना सांसद रहेको दाबी छ ।



    पार्टीको महाधिवेशन छाडेका नेता आलेले अब एकीकृत समाजवादीमा सक्रिय राजनीति नगर्ने घोषणा नै गरेका छन् । भारत भ्रमणबाट फर्केलगतै उनले आफू जनमोर्चाको जतिको हैसियत पनि नभएको पार्टीमा फर्केर नजाने बताए ।



    पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत प्रेम आलेले अब एकीकृत समाजवादीमा सक्रिय राजनीति नगर्ने जवाफ दिइसकेका छन् । त्यसैले, गएको महाधिवेशनमा उनको नाम केन्द्रीय सदस्यमा समेटिएन । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार