Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • राजस्व चुहावटका १४ सय फाइलमाथि विस्तृत अनुसन्धान

    राजस्व चुहावटका १४ सय फाइलमाथि विस्तृत अनुसन्धान

    क्यासिनो र होटल व्यवसायी पनि राजस्व छली धन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 555
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मुलुकमा अस्वाभाविक रूपमा हुने गरेको राजस्व चुहावट रोक्न राजस्व अनुसन्धान विभागले देशभरमा गरी राजस्व चुहावटका १ हजार ४ सय फाइलहरूमाथि एकैसाथ विस्तृत अनुसन्धान अघि बढाएको छ ।

    विभागले केन्द्रमा १० वटा टोली र बुटवल, पथलैया, इटहरी र कोहलपुर कार्यालयमा ४ वटा टोली गरी ती फाइलको विस्तृत अनुसन्धान गर्न १४ वटा टोली परिचालन गरेको छ ।



    निर्देशकका रूपमा रहेका अनुसन्धान अधिकारीको नेतृत्वमा रहने सो टोलीलाई कम्तीमा सय वटा फाइलहरू अनुसन्धान गरी शीघ्र टुंग्याउने जिम्मेवारी दिइएको विभागले जनाएको छ।



    विभागमा हालसम्म विभिन्न प्रकृतिका गरी ३ हजार २ सय उजुरीहरू रहेका छन् । ती उजुरीहरूमाथि छानबिन गरी विभागले १ हजार ४ सय उजुरीहरूमाथि विस्तृत अनुसन्धान अघि बढाएको हो। नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार