Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्दा राजनीतिक चलखेल भयो : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सरकार परिवर्तन भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल भएको बताए।

सचेतक परियारले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष अघि अदालतमा पेस गरिएको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई जब सरकारले नियन्त्रणमा लियो तब राजनीतिक बेचैनीहरू सुरु भयो।’

एक वर्ष अघि अभियोग पत्रमा नाम समेत नलिइएका बेचैन झालाई जब वर्तमान सरकारले नियन्त्रणमा लियो त्यसपछि राजनीतिक रूपमा ठूला चलखेल सुरु भएको परियारले दाबी गरे।

सुशासन र भ्रष्टाचारविरुद्ध लागेको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर चलखेल भएको सचेतक परियारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077