Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

    दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 174
    SHARES

    फाइल फोटो

    दाङ । बाघको आक्रमणबाट दाङमा तीन जना महिला घाइते भएका छन् ।

    बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन्।



    आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।



    केसीको दुवै हातमा सामान्य चोट लागेको छ । त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ ।

    घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार