Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • प्रचण्ड नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो : सुनिल शर्मा

    प्रचण्ड नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो : सुनिल शर्मा

    अनलाइन नेपाल
  • आइतबार, २३ असार २०८१
  • 261
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रामात्रै ल्याएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्। सांसद शर्माले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले दुई वटा मात्रै राम्रो काम गरेको बताए ।



    उनले दुई वटा काममध्ये पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताए । उनले तर प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको बारे जवाफ दिन माग गरे ।



    सांसद शर्माले २८ गते विश्वासको मतअघि पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताए ।

    सांसद शर्माले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’गीत सुनाए । उनले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार