Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन चलाउन प्रतिबन्ध

    महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन चलाउन प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, २३ असार २०८१
  • 384
    SHARES

    फाइल तस्विर

    कैलाली । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेपछि सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

    पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।



    महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेकाले सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार