Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिरोले प्रहरी चौकी पुरियो, प्रहरीहरू सुरक्षित

बागलुङ । बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा पहिरो जाँदा प्रहरी चौकी पुरिएको छ ।

शनिबार दिउँसो बागलुङ नगरपालिका–६ को पञ्चकोटधाम मन्दिर जाने बाटोमा लगाइएको पर्खाल भत्किँदा प्रहरी चौकी पञ्चकोटको चार कोठे कच्ची भवनको ३ कोठा पुरिएको हो ।

भवन माथिबाट झरेको पहिरोले प्रहरी चौकीको तीन कोठा पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चौकीमा कार्यरत प्रहरीहरू भने सुरक्षित रहेको बताइएको छ ।

पहिरोले भवन पुरिएपछि प्रहरीलाई पञ्चकोट मन्दिरको गण्डकी सभा हलमा व्यवस्थापन गरिएको छ । यहाँ शुक्रबारदेखि अविरल वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077