Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पहिरोले प्रहरी चौकी पुरियो, प्रहरीहरू सुरक्षित

    पहिरोले प्रहरी चौकी पुरियो, प्रहरीहरू सुरक्षित

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 3.6K
    SHARES

    बागलुङ । बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा पहिरो जाँदा प्रहरी चौकी पुरिएको छ ।

    शनिबार दिउँसो बागलुङ नगरपालिका–६ को पञ्चकोटधाम मन्दिर जाने बाटोमा लगाइएको पर्खाल भत्किँदा प्रहरी चौकी पञ्चकोटको चार कोठे कच्ची भवनको ३ कोठा पुरिएको हो ।



    भवन माथिबाट झरेको पहिरोले प्रहरी चौकीको तीन कोठा पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । चौकीमा कार्यरत प्रहरीहरू भने सुरक्षित रहेको बताइएको छ ।



    पहिरोले भवन पुरिएपछि प्रहरीलाई पञ्चकोट मन्दिरको गण्डकी सभा हलमा व्यवस्थापन गरिएको छ । यहाँ शुक्रबारदेखि अविरल वर्षा भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार