Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • आइतबार बस्ने भनिएको रास्वपा संसदीय दलको बैठक स्थगित

    आइतबार बस्ने भनिएको रास्वपा संसदीय दलको बैठक स्थगित

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 408
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको निर्धारित बैठक स्थगित गरिएको छ ।

    आइतबार (भोलि) बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।



    अर्को सूचना नगरिँदासम्मका निम्ति बैठक स्थगित गरिएको उनले उल्लेख गरेका छन् ।



    “भोलि मिति २०८१ असार २३ गते बस्ने भनिएको रास्वपा संसदीय दलको बैठक विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जानकारी गराउँदछु,” कार्यवाहक प्रवक्ता मनीष झाले शनिबार साँझ जारी गरेको सूचनामा उल्लेख छ ।

    यसअघि, समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा छलफल गर्न आइतबार दलको बैठक बस्ने भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार