Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सप्तकोशीमा जलसतह यो वर्षकै उच्च

    सप्तकोशीमा जलसतह यो वर्षकै उच्च

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 600
    SHARES

    फाइल तस्विर

    धरान । सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ ।

    दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।



    अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए ।



    उनले भने, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार