Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • होटलसँगै पहिरोमा पुरिएका आमा-छोरीको उद्धार

    होटलसँगै पहिरोमा पुरिएका आमा-छोरीको उद्धार

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 573
    SHARES

    ओखलढुंगा । ओखलढुंगामा पहिरोले दुईवटा टहरासहित आमा-छोरी जना पुरिएका छन्।

    भोजपुर घर भई सिद्धिचरण नगरपालिका १२ मा होटल गर्दै आएकी इन्दिरा खत्री र उनकी छोरी १३ वर्षीया लक्ष्मी विष्टलाई टहरासँगै पहिरोले पुरेको हो।



    प्रहरी र स्थानीयको सहायतामा उनीहरूको उद्धार गरेर उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ। घाइतेमध्ये १३ वर्षीया विष्टको दुवै खट्टामा गम्भीर चोट लागेको छ।



    घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। थप उद्धार तथा सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

    टहरामाथिको सडकको नाली पुरिएर जम्मा भएको पानी चर्किएको सडकको डिलबाट खसेपछि पाखो र रुखसँगै पहिरो बगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार