Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोमा पुरिएकी महिलाको जीवितै उद्दार

    पहिरोमा पुरिएकी महिलाको जीवितै उद्दार

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 426
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार गरिएको छ ।

    जिल्लाको रुरुक्षेत्र गाउँपालिका-३ ठाटीपौवाकी ४५ वर्षीया टमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको हो ।



    ढुङ्गा माटोले बनेको १ तले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो ।



    उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जिवितै उद्दार गरेका छन् ।

    उद्दारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    पहिरो खसेका बेला उनी घरमा एक्लै थिइन् । उनकी छोरी घाँस काट्न गएका बेला पहिरोले घर पुरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार