धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
लोसपा संसदीय दलको बैठकले जनमतका मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
मधेश प्रदेशमा लोसपाको ८ जना प्रदेश सांसद छन् । जनमतका मुख्यमन्त्री सिंहले प्रदेश सभामा आज विश्वासको मत लिँदै छन् ।
सिंहलाई एमाले, कांग्रेस, लोसपा, माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादीले विश्वासको मत दिने निर्णय गरेको छ ।
Leave a Reply