Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु

    कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 405
    SHARES

    फाइल तस्विर

    जुम्ला । जुम्लाको पातारासीमा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

    पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठुलो खोलामा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जना कामदारको मृत्यु भएको हो।



    मृत्यु हुनेमा पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।



    त्यस्तै कल्भर्ट भत्काउने क्रममा च्यापिएर तीन जना घाइते भएका छन् । घाइते हुनेमा पातारासी गाउँपालिका-१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी रहेका छन् ।

    घाइते तीन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरू अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार