Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • बचतकर्ताको रकम फिर्ता गर्न थाल्यो सिउँडी बचत तथा ऋण सहकारी

    बचतकर्ताको रकम फिर्ता गर्न थाल्यो सिउँडी बचत तथा ऋण सहकारी

    पहिलो दिन एक लाख बचत फिर्ता !

    पूर्ण बहादुर साउँद
  • शनिबार, २२ असार २०८१
  • 1.2K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका–१ स्थित श्री सिउँडी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता दिन थालेको छ ।

    शुक्रबार बसेको सहकारी सञ्चालक समितिको बैठकले बचतकर्ताको रकम फिर्ता दिने निर्णय गरेको थियो । सोही निर्णयपछि बचतकर्ताले एक लाख रुपैयाँसम्म डुबेको रकम फिर्ता पाएका हुन् ।



    अनलाइन नेपालले ‘सिउँडी बचत तथा ऋण सहकारी डुब्ने खतरा, बचतकर्ताको ३६ लाख जोखिममा !’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो ।



    त्यसपछि अहिले सहकारी सञ्चालक समिति सक्रिय बनेको छ । सहकारीका अध्यक्ष राम बहादुर थापाका अनुसार लगभग दुई/तीन दिनको अवधिमा मात्रै दुई लाखभन्दा बढी ऋण असुली भएको छ ।

    उनले शुक्रबार बसेको सहकारी सञ्चालक समितिको बैठकले ऋण उठाउन पुनः घर घर जाने, बचतकर्ताको रकम फिर्ता गर्ने र कर्मचारी नयाँ राख्ने लगायतका निर्णय भएको जानकारी दिए ।

    उनका अनुसार ऋण उठाउन नसक्ने भनेपछि पुरानो कर्मचारी प्रकाश साउँदलाई हटाइएको छ । उनको स्थानमा समितिले निर्णय गरेर नयाँ कर्मचारी नियुक्त गरेको छ ।

    तर विज्ञापन नखोलेरै समितिले नयाँ कर्मचारीलाई नियुक्त गरेको आरोप लागेको छ । यता अध्यक्ष थापाले अनुभवी व्यक्तिलाई कर्मचारीमा नियुक्त गरेको बताए ।

    यस्तै पहिलेका कर्मचारी प्रकाशले भने पुरानो हिसाबकिताब पुरा नहुँदा सम्म तथा ६ महिना काम गर्ने भएका छन् । उनीबाट लगभग २० लाख बराबरको हिसाब किताब पाइसकेको र बाँकी पनि हिसाबकिताब भइरहेको अध्यक्ष थापाले बताए ।

    यस सहकारीमा सञ्चालक समिति र कर्मचारीको लापरबाहीले बचतकर्ताको ब्याजसहित ३६ लाखभन्दा बढी डुब्ने अवस्थामा पुगेको छ । तर सहकारी सञ्चालक समिति पुनः सक्रिय भएपछि बचतकर्तामा रकम फिर्ता पाउने आशा पलाएको छ । यद्यपी सहकारी सबै ऋण असुली गर्छ की गर्दैन त्यो भने हेर्न बाँकी छ ।

    यता जिल्ला प्रहरी कार्यालय अछामले पनि यस सहकारीमा नजर राखेको छ । बचतकर्ताको उजुरी आएमा सो सहकारीमाथि छानबिन थालिने अछाम प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार