Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५० लाख जरिवाना र एक वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयन अन्तर्गत लेनदेन बिगो मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–७ बस्ने ४४ वर्षीय राजाराम खत्री रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “काठमाडौँ अदालतबाट विसं २०७९ असोज ६ गते बिगो रु ५० लाख प्रतिवादीबाट भराउने फैसला भई उक्त विगो बमोजिम एक वर्ष कैद हुने फैसला भएपछि खत्री फरार थिए ।”

पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077