Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • वित्तीय अपराधको क्षेत्रमा अनुसन्धान गर्ने जिम्मेवारी हाम्रो होइन : आईजीपी कुँवर

    वित्तीय अपराधको क्षेत्रमा अनुसन्धान गर्ने जिम्मेवारी हाम्रो होइन : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 615
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरूलाई नभएको बताएका छन् ।

    सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।



    सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल प्रहरीको सहकारी ठगी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरूले सहकारी नियमनको काम नेपाल प्रहरीको नभएको उनले बताए ।



    गृहसचिव एकनारायण अर्यालसहित उपस्थित बैठकमा प्रहरी अधिकारीहरूले सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जना मात्रै पक्राउ गरिएको र ८५६ जना फरार रहेको पनि समितिलाई जानकारी गराएका थिए ।

    त्यसक्रममा प्रहरीले अनुसन्धानको यो प्रक्रियाबाट सहकारी पीडितले न्याय पाउने सम्भावना नदेखिएको पनि प्रहरी अधिकारीहरूको निष्कर्ष रहेको विशेष समितिका सभापति सूर्यबहादुर थापाले बताए।

    विशेष समितिले सो सम्बन्धमा नेपाल राष्ट्र बैङ्क र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने भएको छ । यसको समग्र स्थितिको बारेमा नेपाल राष्ट्र बैङ्क र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने निष्कर्षमा पुगिएको विशेष समितिले जनाएको छ ।

    सभापति थापाले हाल समितिले सम्बन्धित पक्षसँग जानकारी लिने क्रम जारी राखेको, यसपछि प्रमाण सङ्कलनको, विश्लेषणको चरणमा प्रवेश गर्ने कार्यसूची रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार