Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • विपद्को समयमा राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    विपद्को समयमा राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 267
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापनका लागि गम्भीर भएर काम गर्न निर्देशन दिएका छन् ।

    सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले तयारीका लागि निर्देशन दिएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको तयारी व्यवस्थित गर्न निर्देशन दिए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘राजनीतिमा उतारचढाव भइरहन्छ । तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन । नेपाल यसै पनि विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो । त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ।’

    छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको तयारी र जोखिम पूर्वकार्यसम्बन्धी गरिएको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

    बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रधानसेनापति प्रभुराम शर्मा, निमित्त मुख्यसचिव लिलादेवी गड्तौला, गृहसचिव एकनारायण अर्याल, रक्षासचिव किरणराज शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लगायतका अधिकारीहरूको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार