Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बाल यौन दुरूपयोग मुद्दामा फरार रहेका पौडेल पक्राउ

    बाल यौन दुरूपयोग मुद्दामा फरार रहेका पौडेल पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 345
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । नौ वर्षीया बालिकालाई यौन दुरूपयोग गरेको ठहर भइ फरार रहेका ६५ वर्षीय पक्राउ परेका छन् ।

    वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीको टोलीले वालिङ नगरपालिका–११ भकभकाका भीमबहादुर पौडेललाई पक्राउ गरेको हो।



    उनलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको छ ।



    जिल्ला अदालत स्याङ्जाले २०७९ चैत २० गतेको फैसलामा पौडेललाई ६ महिना १७ दिन कैद सजाय तोकिएको थियो ।

    उनलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरी जिल्ला अदालत बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार