Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • श्रममन्त्री अर्याल भन्छन् – फ्रि भिसा कार्यान्वयनमा छैन

    श्रममन्त्री अर्याल भन्छन् – फ्रि भिसा कार्यान्वयनमा छैन

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 483
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले फ्रि भिसा कार्यान्वयनमा नरहेको बताएका छन्।

    शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रममन्त्री अर्यालले यस्तो बताएका हुन् ।



    श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीमा जानेसँग दश हजारमात्रै सेवा शुल्क लिन पाउने व्यवस्था कार्यान्वयनमा नरहेको बताए।



    नेपालबाट विदेशिने नागरिकहरूका सम्बन्धमा मन्त्रालयले सुक्ष्म अध्ययन गरेको श्रममन्त्री अर्यालले बताए ।

    म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगारीमा जानेहरूसँग हरेक वर्ष २ खर्बभन्दा बढी गैरबैंकिङ च्यानलमार्फत उठाइरहेको अर्यालले दाबी गरेका छन् ।

    यस्तो अवस्थाका कारण सरकारलाई करोडौं रकम करबापत प्राप्त हुन नसकिरहेको श्रममन्त्री अर्यालको भनाई छ ।

    व्यवसायीहरूले पनि वैध रूपमा आम्दानी गर्न सक्ने वातावरणका लागि काम गर्नुपर्ने श्रममन्त्री अर्यालले बताए।

    सरकारले फ्रि भिसा, फ्रि टिकट र दश हजार सेवा शुल्क लिन पाउने निर्णय गर्दा दुरगामी असर ख्याल नगरेको श्रममन्त्री अर्यालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार