Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सहकारी ठगी प्रकरणमा गृह सचिव र आईजीपीसँग छानबिन समितिले गर्‍यो सोधपुछ

    सहकारी ठगी प्रकरणमा गृह सचिव र आईजीपीसँग छानबिन समितिले गर्‍यो सोधपुछ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 390
    SHARES

    काठमाडौं । सहकारी छानबिन विशेष समितिले गृहसचिव एकनारायण अर्याल र प्रहरी महनिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ।

    समितिको शुक्रबार बसेको बैठकमा सहकारी प्रकरणका ठगी, उजुरी र यससँग सम्बन्धित विषयमा दुवैसँग सोधपुछ गरेको हो ।



    सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतमा केन्द्रित रहेर समितिले उनीहरूसँग सोधपुछ गरेको छ।



    समितिले गृह सचिव र आइजिपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन बिहीबार आग्रह गरेको थियो।

    सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।

    लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर समितिको कार्यादेश बनाइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार