Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • विराटनगरबाट १ सय ६९ किलो बेवारिसे गाँजा बरामद

    विराटनगरबाट १ सय ६९ किलो बेवारिसे गाँजा बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 219
    SHARES

    विराटनगर । बेवारिसे अवस्थामा १ सय ६९ किलो गाँजा बरामद भएको छ ।

    प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।



    विराटनगर महानगरपालिका–१७ गुजार टोलबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले राति ११ बजेतिर गाँजा फेला पारेको थियो ।

    खाली जमिनमा त्यत्तिकै छाडिएको अवस्थामा ६ पोका गाँजा फेला परेको थियो ।

    बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

    गाँजा कसले ल्याएर खाली जग्गामा फालेको हो भन्ने यकिन भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार