Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

एजेन्सी । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ ।

कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरेको हो ।

शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले ७२ सिट मात्र जितेको छ ।

मत सर्वेक्षणले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र कन्जरभेटिभ पार्टी १३१ सिटमा समेटिने देखाएको थियो।

सन् २०१९ मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जित्दा लेबर पार्टीले २०३ सिट मात्र जितेको थियो।

यसपटक स्थिति उल्टिएको छ र लेबर पार्टीले भारी बहुमत हासिल गरेको छ ।

६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077