Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

    बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 372
    SHARES

    एजेन्सी । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ ।

    कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरेको हो ।



    शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले ७२ सिट मात्र जितेको छ ।



    मत सर्वेक्षणले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र कन्जरभेटिभ पार्टी १३१ सिटमा समेटिने देखाएको थियो।

    सन् २०१९ मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जित्दा लेबर पार्टीले २०३ सिट मात्र जितेको थियो।

    यसपटक स्थिति उल्टिएको छ र लेबर पार्टीले भारी बहुमत हासिल गरेको छ ।

    ६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार