Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने पक्का, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने

एजेन्सी । बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने पक्का भएको छ । हालै भएको निर्वाचनमा बहुमततर्फ अग्रसर भएपछि लेबरको सत्ता पुनरागमन पक्का भएको हो ।

हालसम्म घोषित परिणामअनुसार लेबर पार्टीले ६० सिट जितिसकेको छ । एग्जिट पोलहरुले लेबर पार्टीलाई ४ सय १० स्थान हासिल हुन सक्ने देखाएका छन् ।

सत्तारुढ ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टी भने जम्मा १ सय ३१ स्थानमा सीमित हुने अनुमान गरिएको छ ।

लेबरको जितसँगै नेता किएर स्टार्मर बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। स्टार्मरले सामाजिक सञ्जालमा मतदातालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077