Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने पक्का, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने

    बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने पक्का, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 615
    SHARES

    एजेन्सी । बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने पक्का भएको छ । हालै भएको निर्वाचनमा बहुमततर्फ अग्रसर भएपछि लेबरको सत्ता पुनरागमन पक्का भएको हो ।

    हालसम्म घोषित परिणामअनुसार लेबर पार्टीले ६० सिट जितिसकेको छ । एग्जिट पोलहरुले लेबर पार्टीलाई ४ सय १० स्थान हासिल हुन सक्ने देखाएका छन् ।



    सत्तारुढ ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टी भने जम्मा १ सय ३१ स्थानमा सीमित हुने अनुमान गरिएको छ ।



    लेबरको जितसँगै नेता किएर स्टार्मर बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। स्टार्मरले सामाजिक सञ्जालमा मतदातालाई धन्यवाद दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार