Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

    लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 450
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु भएको छ ।

    सिन्जामा जारी नी सेना र अर्धसैनिक बलबीचको जारी युद्धबाट भाग्न खोजेर छिमेकी राज्य गेडारेफमा जान लागेका २५ जनाको डुबेर मृत्यु भएको हो ।



    ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका बताइएको छ ।



    पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा आरएसएफले केहीदिनअघि सैन्य आधार नियन्त्रणमा लिएर कारवाही गरिरहेका थियो ।

    प्रत्यक्षदर्शीका अनुसार आरएसएफले त्यहाँका बासिन्दालाई नाइल नदीपारि काठको सानो डुङ्गामा भाग्न बाध्य बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार