Online Nepal
  • आइतबार, २३ असार २०८१
  • कैलालीको त्रिनगर प्रहरी चौकीमा एक महिनामै किन फेरिए चारजना इन्चार्ज ?

    कैलालीको त्रिनगर प्रहरी चौकीमा एक महिनामै किन फेरिए चारजना इन्चार्ज ?

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 1K
    SHARES

    कैलाली । कैलालीको त्रिनगर भन्सार नाकामा एक महिनामै चारजना प्रहरी इन्चार्जहरु फेरबलद भएका छन् । सुदूरपश्चिमको प्रमुख नाकाको रुपमा रहेको त्रिनगर भन्सारमा कैलाली प्रहरीले एक महिनामै चारजना इन्चार्जहरु फेरबलद गरेको हो ।

    त्रिनगर प्रहरी चौकीमा इन्चार्जको रुपमा पठाइएका सईहरु एकैदिन मै तानिएको घटना सार्वजनिक भएको छ । एक महिनाको अवधिमा सुरुमा त्रिनगर प्रहरी चौकीका इन्चार्ज सई भरतनाथ योगीलाई जिल्ला तानेर अर्का सई दिपेन्द्र किमाडीलाई पठाइयो ।



    तर उनी त्यहाँ एकै दिनसमेत टिकेनन् । उनलाई पनि तानेर त्यसपछि उनको स्थानमा जिल्लाबाट वरिष्ठ सई गणेश थापालाई पठाइयो । तर थापा पनि एक दिनमै तानिए ।



    उनलाई त्यहाँ गएको दोस्रो दिन नै फिर्ता बोलाएर अहिले प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेका सई शैलेन्द्र चन्दलाई इन्चार्ज पठाइएको छ ।

    इन्चार्जहरुलाई एक साता समेत टिक्न नदिएर तानिदा प्रहरीमाथि आशंका बढेको छ । तर इन्चार्ज फेरबदलको विषयलाई कैलाली प्रहरीले नियमित प्रक्रिया र कमजोर कार्यसम्पादन भएको भन्दै स्वभाविक फेरबदल भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार