Online Nepal
  • आइतबार, २३ असार २०८१
  • गगन थापाको सहयोगमा रास्वपाले दुई सिट बढाएको मुकुल ढकालको खुलासा

    गगन थापाको सहयोगमा रास्वपाले दुई सिट बढाएको मुकुल ढकालको खुलासा

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 2.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहयोगमा पार्टीले दुई सिट बढाएको खुलासा गरेका छन् ।

    निलम्बित महामन्त्री ढकालको प्रतिवेदनमो सो कुरा उल्लेख गरिएको हो । ढकालले कांग्रेस महामन्त्री गगन थापा लडेको काठमाडौं–४ मा पार्टीले जित्ने रिपोर्ट हुँदाहुँदै उनलाई छोडेर गल्ती भएको प्रतिवेदनमा लेखेका छन् ।



    “मंसिरको चुनावका बेला गगन थापाविरूद्ध सशक्त उमेदवार उठाइ उनको राजनीतिलाई त्यहीं बिराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौं, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ,” ढकालले लेखेका छन्, “हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो ।”



    उनले नतिजाले आफूहरुले काठमाडौं–४ पनि जित्ने देखाएको भन्दै गगनसँगको सहकार्यले तात्कालिक दुवै फाइदा नभएको उल्लेख गरेका छन् । योसँगै नेपाली कांग्रेसका महामन्त्री थापा विवादमा तानिएका छन् ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार