Online Nepal
  • आइतबार, २३ असार २०८१
  • लुम्बिनी सरकारमा रहेका एमाले मन्त्रीहरुले दिए सामूहिक राजीनामा

    लुम्बिनी सरकारमा रहेका एमाले मन्त्रीहरुले दिए सामूहिक राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 237
    SHARES

    बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

    सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले राजीनामा दिएका हुन् ।



    मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिए ।



    आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएका छन् ।

    आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार