Online Nepal
  • आइतबार, २३ असार २०८१
  • गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

    गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 630
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा रायबाझी भएको छ ।

    मुद्दाको सुनुवाइ गरेका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो ।



    न्यायाधीश सपनाप्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा एक मत हुन नसकेपछि बिहीबार मुद्दा टुंगोमा पुग्न सकेन ।



    अब उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश गर्नुपर्नेछ ।

    राय बाझिएको कारण भने सर्वोच्च अदालतले संक्षिप्त आदेश सार्वजनिक गरिसकेको छैन ।

    महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्दा नचलेको भन्दै पत्र दिएको थियो ।

    अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयले त्यसरी पत्र दिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार